• 4:03 pm

स्रोत नखुलेको नगद सहित पक्राउ

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०४:४९

१ पुस २०७८, काठमाडौं : वीरगंज महानगरपालिका १६ रजयन्ति चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा भारत मोतिहारी पुर्बीचम्पारण ढाका थाना बिश्रामपुर ७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने बिगन साह रहेका प्रहरीले जनाएको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई ल्याउँदै गरेको उक्त नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया