• 6:58 pm

अवैध लागूऔषध गाँजा सहित पक्राउ

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०४:४०

२१ पुस २०७८, काठमाडौं : पोखरा महानगरपालिका ३० पावरहाउस चोकबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित रसुवा नौकुण्ठ गाउँपालिका ५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बा ३ ख ८४५७ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।


महोत्तरी, गौशाला नगरपालिका(४ रजखोर बस्ने ७० वर्षीय रामचन्द्र साह र उनकै नाती २१ वर्षीय रोहित साहलाई करिब ३ किलो अवैध लागूऔषध गाँजा, १ थान डिजिटल तराजु र १ हजार १ सय रुपैयाँ नगद सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशलाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यसैगरी महोत्तरी, गौशाला नगरपालिका ४ रजखोर बस्ने उपेन्द्र शाह र उनकै छोरा १९ वर्षीय बिवेका साहलाई ५ किलो अवैध लागूऔषध गाँजा, १ थान डिजिटल तराजु र नगद ६ हजार ५ सय रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशलाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया