केही दिनदेखि खुल्न छाड्यो नेप्सेको मुख्य वेभसाइट
प्रकाशित मिति
२०७८ पुष २० गते, मंगलवार ०४:२७

२० पुस २०७८, काठमाडौं : केही दिनदेखि नेपाल स्टक एक्सचेञ्जको बेभसाइट नखुल्ने समस्या आएको छ । नेप्सेको दुई वेभसाइटमध्ये www.nepalstock.com डोमेनको बेभसाइट नखुल्ने समस्या देखिएको हो । मुख्य डोमेन नै नखुलेपछि बजारको सूचना लिन भन्झट भइरहेको छ ।
सहायक डोमेनमा नदेखिने कतिपय सूचना प्रयोगकतर्ताले पाउन सकेका छैनन् । नेप्सेले भने बेभसाइटमा कुनै समस्या नभएको जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुली यो डोमेनको बेभसाइट अहिले राम्रोसँग चलिरहेको बताउँछन् । कुनै कम्युटरमा नचलेमा सम्बन्धित कम्युटरको प्राविधिक समस्याको कारणले हुनसक्ने उनी बताउँछन् ।
‘वेभसाइट चलेन भनेर गुनासो सुनिएको छ, तर यहाँ कुनै समस्या देखिँदैन,’ उनले भने, ‘कहिलेकाहीँ कम्युटरमा अनावश्यक लिङ्क र ब्राउजिङ हिस्ट्रिका कारण फोहोर जम्मा भएर वेभसाइट नखुलेको हुनसक्छ । त्यसलाई क्लिन गर्यो भने वेभसाइट चल्छ ।’
प्रतिकृया