• 9:33 am

मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०२:२०

२० पुस २०७८, काठमाडौँ : छुट्टा -छुट्टै ठाउँमा ४ जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे डेरा गरी बस्ने खोटाङ दिक्तेल नगरपालिका-१ घर भएका ४० वर्षीय रामप्रसाद घिमिरे आफ्नै कोठमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।


रुपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरीस्थित फेरोस्टिल प्रालिमा काम गर्ने चितवन कालिकानगर नगरपालिका-४ घर भएका ४४ वर्षीय बलराम महतो सोही प्रालिको कम्पाउण्डभित्र रहेको आफ्नो कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।



उदयपुर, चौदण्डीगढी नगरपालिका-३ जब्दी बस्ने ८१ वर्षीया बुद्धिहिरा राई सोही ठाउँस्थित माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । घरबाट पुस १५ गतेदेखि हिडेकी उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो ।



गुल्मी, मुसिकोट नगरपालिका-१ पौदीअमराई बस्ने ३० वर्षीय बिष्णु मगर सोही नगरपालिका-६ भुवाचिदीस्थित बडीगार्ड खोलाको बगरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया