• 3:47 pm

गठनबन्धनले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०१:३१

२० पुस २०७८, काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०लगायत गठनबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् ।


नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनाउने गठबन्धन दलहरूले निर्णय गरेका हुन् ।


यसभन्दा अघि नै एमालेले राष्ट्रियसभाका उम्मेदवार चयन गरिसकेको छ । एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको थियो ।

प्रतिकृया