• 6:15 pm

पसलमा तास खेलिरहेका १५ जना पक्राउ

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०१:२९

२० पुस २०७८, काठमाडौँ : खाजा पसलमा तास खेलिरहेका १५ जना पक्राउ परेका छन् । कागेश्वरी मनहरा नगरपालिका ७ फोर्सपार्कस्थित रमेश माषिमाले संचालन गरेको खाजा पसलमा तास खेलिरहेको अवस्थामा १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ८ सय ४० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया