• 2:14 pm

माओवादीले छान्याे राष्ट्रिय सभाका लागि उम्मेदवार, को-को हुन् ?

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार १२:०३

२० पुस २०७८, काठमाडौँ : नेकपा माओवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो ।


जसअनुसार प्रचण्डले मोरङकी उर्मिला अर्याललाई प्रदेश २ मा, गण्डकीमा सुरेश आलेमगर र भरत सुनारको नाम टुंगो लगाएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुुसार आले अन्य कोटा र सुनार दलित कोटाबाट उम्मेदवार बनेका हुन् ।


यस्तै कर्णाली अपांग तथा अल्पसंख्यकबाट सुर्खेत नरबहादुर विष्ट र दलितबाटै सुदूरपश्चिमबाट जगत पार्कीलाई उम्मेदवार बनाइएको छ । एक जना राष्ट्रपतिबाट मनोनित गरिने भएकाले त्यसका लागि रामनारायण बिडारीको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाएका छन् ।


रिक्त रहेका राष्ट्रिय सभा सदस्यमा यसअघि जुन पार्टीबाट निर्वाचित भएकाले थिए सोही पार्टीलाई छाडिने दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको थियो । जसअनुसार माओवादी कोटाबाट बिडारी राष्ट्रिय सभामा मनोनीत भएका थिए । फेरि उनैलाई दोहोर्‍याउन थालिएको हो । तर, एमालेबाट निर्वाचित भएको स्थानमा भने गठबन्धनले भागबन्डा गरेको छ ।

प्रतिकृया