• 4:40 pm

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०७:१४

१९ पुस २०७८, पेरिस : विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् ।


उनलाई सङ्क्रमण भएको उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन् । उनीसँगै सङ्क्रमित भएका उहाँका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् ।


अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । एएफपी

प्रतिकृया