• 9:57 am

छुट्टा छुट्टै ठाउँमा मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०२:००

१८ पुस २०७८, काठमाडौँ :  काठमाडौं, कीर्तिपुर नगरपालिका-४ स्थित टहरामा बंगुर फारममा काम गर्ने ताप्लेजुङ श्रीजंगा गाउँपालिका-५ घर भएका २३ वर्षीय पदम बहादुर लिम्बु आफ्नै टहरामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।


भक्तपुर, मध्यपुरथिमी नगरपालिका-८ बोड गाँखु बस्ने काभ्रेपलाञ्चोक भगवती गाउँपालिका घर भएका ३४ वर्षीय देवराज थापा आफ्नै घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



दैलेख, नारायण नगरपालिका-७ किमिगा बस्ने ६३ वर्षीय नर बहादुर रावत आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।झापा, हल्दिबारी गाउँपालिका-२ पशुपतीचोक बस्ने २१ वर्षीय रोहित टुडु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



रुकुम (पश्चिम) , बाफीकोट गाउँपालिका-९ बस्ने २६ वर्षीया कमला खनाल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । अस्थायी प्रहरी पोष्ट नखेतबाट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मृतकको श्रीमानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।



बाँके, खजुरा गाउँपालिका-३ बि गाउँ चोकस्थित त्रिपलब्रो होटलको दोस्रो तल्लाको २ नम्बर कोठामा नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २५ वर्षीय सरोज क्षेत्री शनिबार मृत अवस्थामा फेला परेका छन् ।


यसैगरी बाँके, राप्ती सोनारी गाउँपालिका-७ पिप्रहवास्थित राप्ती नदीमा हाल नाम, थर, वतन, नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।



लम्जुङ, राईनास नगरपालिका-८ देविथानस्थित बाटोको नालीमा सोही नगरपालिका-९ बगुवा बस्ने ५० वर्षीय पलमान गुरुङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।



पर्वत, कुश्मा नगरपालिका-१ राजाको बगरस्थित कालिगण्डकी नदीमा बाग्लुङ, बाग्लुङ नगरपालिका-६ लमगाउँ बस्ने ५१ वर्षीय बल बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



गैंडाकोट नगरपालिका-१० भैँसाखोरीस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।



धुनिबेशी नगरपालिका-६ नौबिसेस्थित खेतमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया