जितपछि विश्वप्रकाशले भने : कांग्रेस रुपान्तरणको यात्रा शुरु भयो
प्रकाशित मिति
२०७८ पुष १ गते, बिहीबार ०३:०९

१ पुस २०७८, काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् ।
जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’
उनले अघि भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो ।’
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया