• 4:40 pm

वाइसियल नेपालकोे भक्तपुर निर्वाचन आयोगलाई ज्ञापन पत्र : बसाइसराई अनिवार्य नगरी मतदाता नामावलीमा नाम समावेश गर्न आग्रह

प्रकाशित मिति

२०७८ पुष १ गते, बिहीबार ०१:५३

पुस २०७८, काठमाडौं : वाइसियल नेपाल (योङ्ग कम्युनिस्ट लीग) भक्तपुर जिल्ला समितीले आज भक्तपुर निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी तथा स्थायी बसोबास गर्ने बासिन्दाहरु हकमा मतदाता नामावलीमा नाम समावेश गर्न निर्वाचन आयोगले अनिवार्य बसाईसराई खोजेको हुँदा कोहीपनि मतदाताहरु मतदानबाट बन्चित नहोस भनि समितीले निर्वाचन आयोगलाई उक्त ज्ञापन पत्र बुझाएको हो।


भक्तपूर निर्वाचन आयोगबाट आगामी स्थानिय निकाय, सघं, प्रदेश, स्थानिय निर्वाचनको लागि मतदाता नामावली संकलन कार्य भइरहेको हुँदा समितिले अस्थायी बसोवास गर्नेको नाम मतदाता नामावलीमा नछुटोस् भनि ज्ञानपत्र मार्फत निर्वाचन आयोगको ध्यानाकर्षण गरेको हो ।


वाइसियल नेपाल भक्तपूर जिल्ला समितिका इन्चार्ज दिनेश थपलिया र संयोजक नरेश रञ्जितको हस्ताक्षर रहेको उक्त ज्ञानपत्रम निर्वाचन ब्यक्तिको संबैधानिक तथा कानुनी हक भएकाले जुनसुकै ठाउँबाठ पनि मतदान गर्नपाउनु नागरिकको अधिकार भएको उल्लेख गरिएको छ ।


बसाइसराई अनिवार्य गर्ने निर्वाचन आयोगको निर्णय व्यवहार संगत भएन

बसाईसराई नभएका व्यक्तिले निर्वाचन प्रक्रियमा नै सामेल हुन नपाउन सक्छन् भन्दै समितिले निर्वाचन आयोगको निर्णय व्यवहार संगत नभएको बताएको छ ।


” मतदान गर्ने मतदाता नामावली संकलन गर्ने तथा मतदान गर्ने प्रयोजनको लागि अनिवार्य रुपमा जो मतदाताहरु एक स्थानबाट अस्थायी वा स्थायी रुपमा अन्यत्र जिल्लामा बसोवास गरेका तर निजहरुको बसाईसराई भएका वा नभएका हुन सक्ने तर निर्वाचन आयोगले वनाएको प्रक्रियामा एक स्थानबाट अर्को स्थानमा बसोबास गरेका व्यक्तिको हकमा बसाईसराई अनिवार्य हुनुपर्ने प्रावधान वनाइएको हुँदा उक्त कार्यले विविध कार्यको लागि एक स्थानबाट अर्को स्थान बसोबास गरेका तथा स्थायी घर तथा बसाईसराई नभएका व्यक्तिको हकमा निर्वाचन प्रक्रियमा नै सामेल हुन नपाउने स्थिती सृजना हुन जाने हुँदा उक्त निर्वाचन आयोगको निर्णय व्यवहार संगत नभएकोले यो ज्ञापनपत्र बुझाउन उपस्थित भएका छौँ, “ज्ञापनपत्रमा लेखिएको छ ।


प्रतिकृया