• 5:29 pm

मर्मतका लागि मनकामना केबलकार ४ दिन बन्द हुने

प्रकाशित मिति

२०७८ पुष १ गते, बिहीबार १२:२६

१ पुस २०७८, काठमाडौं : मनकामना केबुलकार चार दिन बन्द हुने भएको छ। कम्पनीले स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबुलकार सेवा बन्द गर्ने जनाएको हो।


केबुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।


उक्त अवधिभर केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।


कम्पनीका अनुसार लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरू पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरू पनि स्तरोन्नति गर्ने जनाइएको छ।

प्रतिकृया