• 4:02 pm

विजयलाई पराजय गर्दै धनराज २ मतले विजयी

प्रकाशित मिति

२०७८ पुष १ गते, बिहीबार ०९:२९

१ पुस, २०७८ काठमाडौँ : नेपाली काँग्रेसका नेता धनराज गुरुङले गएराति सम्पन्न मतगणनाको मत परिणाममा २ मतको झिनो मतान्तरले उपसभापतिमा विजय हासिल गरे । उनले राजनीतिका खेलाडी विजय गच्छदारलाई पछि पार्दै आफ्नो जित सुनिश्चित गरेका हुन् । मतगणनामा केही गोलमाल भएपछि उनले १०० मत पुनः गन्न लगाएका थिए भने सो क्रममा उनको पक्षमा बढी मत रहेको पुष्टि भएको थियो ।


उनी मतगणनामा स्वयम् उपस्थित भएका थिए । त्यही दुई मतले उनले विजयी हासिल गरेर भाग्यमानी साबित भएको छ । राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनाबाट विजयी हुनेमा धनराज शेखर कोइराला प्यानलका हुन् भने अर्का विजयी पूर्णबहादुर खड्का भएका छन् । उनी शेरबहादुर देउवा प्यानलका हुन् । उपसभापतिको प्रतिस्पर्धामा गच्छदार र गुरुङबीच रोचक प्रतिस्पर्धा भएको थियो । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए ।


अन्तिम परिणाममा भने उनी २ मतले पराजित हुन पुगे । चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए । उपसभापति पदमा ७ जना प्रतिस्पर्धामा रहेपनि काँग्रेस विधानअनुसार २ जना विजयी भएका हुन् ।

प्रतिकृया