• 4:54 pm

दुई मतले हारेपछि गच्छदारले निर्वाचन समिति गुहारे

प्रकाशित मिति

२०७८ पुष १ गते, बिहीबार ०९:०४

१ पुस २०७८, काठमाडौँ : नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।


गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । ​महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

प्रतिकृया