• 5:19 pm

काठमाडौँको न्यूनतम तापक्रम कम, चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०८:१५

२८ मंसिर, काठमाडौं : देशभर चिसो बढ्ने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ। काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ ।


हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। मंगलबार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहीबार पनि प्रदेश नं १ तथा प्रदेश २ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया