मत गणना : रिजल्टको पखाईमा जनता
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०७:३८

२८ मंसिर, काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । सोमबार मध्यरातमा मतदान सकिएपछि मंगलबार बिहान सवा ४ बजे राष्ट्रियसभा गृहमा मत गणना सुरु भएको छ ।
सुरुमा सभापति पदको मतगणना सुरु गरिएको छ । समाचार तयार पार्दासम्म करीब ५० प्रतिशत मत गणना भइसकेको छ । जसअनुसार निर्वतमान सभापतिसमेत रहेका शेरबहादुर देउवाले अग्रता लिइरहेका छन् भने उनलाई अर्का प्रत्याशी डाक्टर शेखर कोइरालाले पछ्याइरहेका छन् । सभापतिका अरु उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भने देउवा र शेखरभन्दा धेरै पछि छन् ।
बिहानैदेखि मतगणनाको परिणाम सार्वजनिक हुन थालेपछि अहिले सभागृहमा प्रतिनिधि र कार्यकर्ता र पत्रकारको भिड लाग्न थालेको छ । भित्र मतगणना भैरहेको छ भने बाहिर उनीहरूले मत परिणामको प्रतीक्षा गरिरहेका छन् । मत गणनास्थलको दृश्य स्क्रिनमा हल बाहिरै देखाइएको छ ।
मत गणनास्थल बाहिर गेटदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ । सभापतिका लागि ४ हजार ७४३ जनाले मतदान गरेका छन् । यसअनुसार सभापतिमा विजयी हुनका लागि दुई हजार ३४० मत आवश्यक हुन्छ ।
प्रतिकृया