कांग्रेस महाधिवेशन : मतपत्र सकिएर मतदान रोकियो
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ०७:१४

२७ मंसिर २०७८ काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान रोकिएको छ । मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।
निर्वाचन समिति स्रोतका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको छ ।
यसअघि बाँडिएको तीन हजार मतपत्र सकिएको र भर्खरै छापिएर आएको १७ सय मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर गरेर बाँड्न बाँकी रहेको निर्वाचन समितिको भनाइ छ । मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका छन् ।
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया