• 4:24 am

पहिलो चरणमा नै देउवा पुन पार्टी सभापति हुन्छन् : गच्छदार (भिडियो सहित )

प्रकाशित मिति

२०७८ मंसिर २७ गते, सोमबार ०३:४०

साधारण मतदातालाई मतदान गर्न डेड घण्टा लाग्न सक्छ: विजय कुमार गच्छदार

२७ मंसिर २०७८, काठमाडौं :कांग्रेसको १४औँ महाधिबेशनमा उपसभापतिको उम्मेदवार रहेका विजय कुमार गच्छदारले पहिलो चरणमा नै बर्तमान प्रधमनमन्त्री शेरबहादुर देउवा पुन पार्टी सभापति हुने बताएका छन् । सोमवार पत्रकारहरुसँग कुरा गर्दै उनले देउवा नै सभापतिमा दोहेरिन मत नै यसको मुख्य आधार भएको जनाएका छन् ।


गच्छदारले कांग्रेस पार्टीको सभापति चयन पहिलो चरणमा नै टुङ्गिने र देउवा नै पुन सो पदमा आसिन रहने दावी गरेका हुन् ।


त्यस्तै, उनले अहिलेको महाधिबेशनमा भोट हाल्न आफैँलाई नै ४५ \ ५० मिनेट लागेको भन्दै साधारण मतदातालाई भोट हाल्न डेड घण्टा लाग्न सक्ने बताएका छन् ।


गच्छादारले सबै उम्मेदवारको नाम कण्ठ भएको बाबजुत पनि आफूलाई नै मतदान गर्न करिब ५० मिनेट लागेको र गाउँ गाउँबाट चुनिएर आएका महाधिबेशन प्रतिनिधिहरुलाई डेढ घण्टा जति नै समय लाग्न सक्ने जिकीर गरेका हुन् । उनले मतदान गर्न लामो प्रकृया रहेको बताएका छन् ।


यद्यपी मतदानका लागि व्यवस्थापनमा कुनै त्रुटी नभएको उनको भनाई छ ।

प्रतिकृया