• 5:33 pm

हरेक दिन एउटा उसिनेको आलुले गर्छ तौल घटाउन मद्दत

प्रकाशित मिति

२०७८ मंसिर २७ गते, सोमबार ०१:३०

२७ मंसिर २०७८, काठमाडौं : आलु हरेक घरमा प्रयोग हुन्छ । आलुलाई नेपाली भान्सामा तरकारीको ‘राजा’ भन्ने गरिन्छ । यसलाई जुनसुकै तरकारीसँग पनि मिसाएर पकाउन सकिन्छ । आलु धेरै खाएमा मोटोपन बढ्छ । तर, आलुको सेवन सही मात्रामा सही तरिकाले गर्दा तौल सन्तुलनमा रहने विज्ञहरु बताउँछन् । त्यसैले धेरै मानिसहरु तौल कम गर्नका लागि आलुको सेवन पनि कम गर्ने गर्छन् ।

आलुमा पोटाशियम, फस्फोरस, बी कम्प्लेक्स भिटामिन र भिटामिन सीको आवश्यकता पर्छ । यसमा क्यालोरी र फ्याटको मात्रा कम हुन्छ । उसिनेको आलुको सेवनले शरीरमा उर्जा प्राप्त हुन्छ ।

पोषक तत्व


उसिनेको आलुमा फ्याटको मात्रा कम हुन्छ । यसको बोक्रामा पनि विभिन्न प्रकारका पोषक तत्व पाइन्छ । यसको बोक्रासमेत खाँदा शरीरमा विभिन्न प्रकारका पोषक तत्वको आपूर्ति हुन्छ ।

भिटानिको राम्रो स्रोत


उसिनेको आलु भिटामिन बी र भिटामिन सीको राम्रो स्रोत हो । हरेक दिन एउटा उसिनेको आलुको सेवनले शरीरमा भिटामिन बी–६ प्राप्त हुन्छ । यसमा भिटामिन सीको मात्रा पनि उच्च हुन्छ ।

प्रतिकृया