• 4:46 pm

कांग्रेस महाधिवेशन : मतदान गर्न देउवा राष्ट्रिय सभा गृहमा

प्रकाशित मिति

२०७८ मंसिर २७ गते, सोमबार १२:२८

२७ मंसिर २०७८, काठमाडौँ: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान शुरू भएको छ । मतदान गर्न प्रधानमन्त्री एवं बहालवाला सभापति शेरबहादुर देउवा मतदानस्थल राष्ट्रिय सभा गृहमा पुगेका छन् ।


देउवा प्यानलसहित सभापतिका उम्मेदवार बनेका छन् । उनलाई डा. शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् ।


बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान थालिएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान शुरू भएको हो ।


नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।

प्रतिकृया