• 2:02 am

कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवार कोइराला र पौडेलबिच भेट

प्रकाशित मिति

२०७८ मंसिर २७ गते, सोमबार ०९:४८

२७ मंसिर , काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन् । भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै  पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए।


राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाईसघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नै रहेको बताएका थिए।  


भेटका अवसरमा पौडेलले संस्थापनइतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए।
सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला  मिल्न सकेको भए राम्रो हुने उनको
भनाइ थियो।

प्रतिकृया