जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने : विद्या सुन्दर शाक्य
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ०९:०८

२७ मंसिर , २०७८ काठमाडौं :महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् ।नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मेयर बनेका शाक्य हाल एमालेको केन्द्रीय सदस्य हुन् ।
शाक्यले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकारबीच राम्रो समन्वयको आवश्यक्ता औंल्याए ।महानगरपालिकाभित्र सबै काम सबैको सहमतिमै भइरहेको दाबी गर्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गरे ।
उनले महानगरपालिकाले १९६ किलोमिटर सडक कालोपत्रे, १४ किलोमिटर सडक ढलान र १० किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए । त्यस्तै, उनले आफ्नो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको, २२६ किलोमिटर सडक मर्मत र १८ किलोमिटर ढल निर्माण गरिएको जानकारी पनि दिए । उनले आफ्नो कार्यकालमा वडा नं ३, ४, ९, १४, १८ र २६ मा गरी ६ वटा नयाँ वडा कार्यालयको निर्माण सम्पन्न भएको, १० वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको, आठवटा वडाहरूको स्तरोन्नति गरिएको पनि जानकारी दिए ।
प्रतिकृया