• 4:55 pm

लघु चलचित्रलाई उत्कृष्ट घोषणा गर्दै तेस्रो ‘आइवार्ट सर्ट फिल्म’ प्रतिष्पर्धा २०२१ सम्पन्न

प्रकाशित मिति

२०७८ मंसिर २६ गते, आईतवार १२:५१

264210957 1048606802348973 5325384147366438668 n

२६ मंसिर २०७८, काठमाडौं : राष्ट्रिय नाचघर काठमाण्डौमा टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरुको अन्तराष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले आफ्नो तेश्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिष्पर्धा सम्पन्न गरेको छ। मंसिर २४ गते शुक्रबार सहभागि चलचित्रका निर्माता निर्देशकहरु, निर्णायक मण्डल र आइवार्ट सदस्यहरुको सहभागिका बिच प्रतिष्पर्धा कार्यक्रम आयोजना गरिएको हो।


महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा आयोजना गरिएको सर्ट फिल्म प्रतिष्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ वटा लघुचलचित्रहरु प्रर्दशन गरिएको थियो।



वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक/लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनको प्रमुख निर्माता तथा आइवार्ट नेपालकी सचिव नीता सापकोटा लगायतका निर्णायक टोलीले कथा, निर्देशन र सन्देशका आधारमा चलचित्रलाई मूल्यांकन गर्नु भएको हो ।



प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल निर्देशक सरिता शाहको चलचित्र फगुनियाले नगद रु. २५ हजार, द्वितीय स्थान हासिल गर्न सफल निर्देशकद्वय पुष्पाजोशी र एन्जिला चौधरीकोे चलचित्र ललिताले नगद रु. १५ हजार र तृतीय स्थानमा निर्देशकद्वय श्रृषाकुँवर र अस्मिता लावतीको चलचित्र समाइराले नगद रु. १० हजार प्राप्त गरेको छ । ब्रिटिस काउन्सील संगको सहकार्यमा आइर्वाट नेपालले “जलवायु परिवर्तन“ क्लाइमेट चेन्ज विधा तर्फ ६ वटा लघु चलचित्रहरु प्रर्दशन गरिको थियो । उक्त बिधामा निर्देशक सोनाम छोके लामाको डोल्पाको हिमश्रृंखलाको कथा बोकेको चलचित्र द माउन्टेन आर एंग्री उत्कृष्ट हुदै नगद रु. २५ हजार प्राप्त गरेको छ । संसार भरि बढदो जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न फिल्मको माध्यमवाट सचेतना फैलाउने उद्देष्यका साथ यो पटक ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा जलवायु परिवर्तन बिषयमा बनेका फिल्म पनि सहभागी गराइएको हो ।


उक्त कार्यक्रममा सिडको उपाध्यक्ष एवमं कार्यक्रमका प्रमुख अतिथि बन्दना राणाले महिलाको मुद्धा केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको भन्दै महिला हिंसा कम गर्नको लागि समाजको मानसिकतामा नै परिवर्तन हुनु पर्नेमा पनि जोड दिनु भयो ।



त्यस्तै आइवार्टको नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले आइवार्टको नेपाल च्याप्टरले गरी आएका गतिविधिको बारेमा जानकारी दिदै महिला निर्देशकहरुको सीप विकास गर्दै महिला निर्देशकहरुको संख्या बढाउनको लागि सर्ट फिल्म विच प्रतिष्पर्धाको आयोजना गरिएको बताउनु भयो।


त्यस्तै सर्ट फिल्म प्रतियोगिताका संयोजक इच्छा गुरुङ्गले सर्ट फिल्म प्रतिष्पर्धाका प्रक्रिृयागत मुल्याकनको बारेमा जानकारी दिएकी थिईन । आइवार्ट नेपाल च्याप्टरका सदस्य सिलु अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा आइवार्ट नेपाल च्याप्टरका उपाध्यक्ष मल्लिका भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा आइवार्ट इन्टरनेशनलका अध्यक्ष भ्वाइलेट गोन्डाले पठाउनु भएको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो।



१४ राष्ट्रहरुमा इकाइ तथा ५४ राष्ट्रमा सदस्यहरु फैलिएको आइर्वाटको नेपाल च्याप्टरले यसअघि सन् २०१९ र २०२० मा यस किसिमको प्रतिष्पर्धाको आयोजना गरिसकेको छ ।

प्रतिकृया