• 1:57 pm

टीकापुरको केरा कुहियो, भारतबाट साढे दुई करोडको आयात

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ०९:३२

२५ कार्तिक, २०७८ काठमाडौँ :   पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् ।


तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको टीकापुरमा फलाइएको केरा भने खेर गएको छ । भारतबाट केरा आयात हुँदा कैलालीको केरा भने ढुवानीको समस्याले कुहिदै आएको छ ।


यो बर्ष कैलालीको टिकापुरमा उत्पादन भएको केरा समयमै काठमाडौं पु¥याउन नसक्दा भारतबाट २ करोड ५० लाख मूल्यको केरा आयात भएको छ ।


नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार, टीकापुरबाट काठमाडौंमा सामान ल्याउन भारतभन्दा धेरै समय लाग्छ । भारतको सामान काठमाडौं ल्याउन दुई दिन लाग्छ । तर, टीकापुरबाट काठमाडौं पु¥याउन दुई दिनभन्दा बढी लाग्छ । बाटोमै धेरै समय लाग्ने हुँदा कुहिनेलगायतका कारण भारतकै केरा रोजाइमा पर्न गयो ।


उत्पादन भएर पनि बजारीकरण गर्न ढुवानीको समस्या कैलालीमा उत्पादित केराले भोगिरहेको आजको राजधानी दैनिकमा कौशिला कुँवरले खवर लेखेकी छन् ।

प्रतिकृया