• 3:18 pm

खाना पकाउने ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढ्यो

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ०९:२८

२५ कार्तिक, २०७८ काठमाडौँ :  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाएको हो ।


निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।


आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने प्रक्षेपण गरिएको छ ।

प्रतिकृया