• 6:07 pm

‘चपली हाइट ३’ पुस २ मा रिलिज हुने

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०२:१७

२२ कार्तिक, २०७८ काठमाडौँ : अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । अर्जुन कुमारले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो चलचित्र आगामी पुस २ गते अर्थात् डिसेम्बर १७ मा रिलिज हुनेछ । यो चलचित्रले आफ्नो प्रदर्शन मिति यस अगाडि २०७६ साल चैत २७ गतेलाई तोकेको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्र रिलिज हुन सकेन ।


चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको टिजर हलमा बज्न शुरु भएको र ट्रेलर एक सातामा सार्वजनिक गर्ने अर्जुनले बताए ।


‘चपली हाइट ३’का अघिल्ला २ सिरिजले व्यापारिक रुपमा सफलता पाएको थियो ।

प्रतिकृया