• 6:21 pm

सेयर बजार निरन्तर उकालो

प्रकाशित मिति

२०७८ कार्तिक ९ गते, मंगलवार ०३:३२

 कार्तिक, २०७८ काठमाडौँ : हप्ताको तेस्रो दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ। मंगलबार सेयर बजार ७८.८२ अंकले बढेर नेप्से परिसूचक २ हजार ७ सय ५१.०७ विन्दुमा पुगेको नेपाल स्टक एक्चेन्जले जनाएको छ। २.९५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २ हजार ७ सय ५१.०७ विन्दुमा पुगेको हो। यस हप्ता लगातार सेयर बजार बढ्दो छ।


मंगलबार १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता सेयर ६ अर्ब ३१ करोड ८४ लाख ४० हजार ९ सय ३२ रुपैयाँमा कारोबार भएको हो। सोमबारको तुलनामा कारोबार पनि बढेको छ। सोमबार ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको थियो।


मंगलबार सबै उपसमुहको सूचक बढेको छ। मंगलबार सबैभन्दा धेरै होटल एण्ड टुरिजम ७.५१ प्रतिशतले उकालो लागेको छ। बैंकिङ २.४४ प्रतिशत, ट्रेडिङ २.७६ प्रतिशत, डेभलपमेन्ट बैंक ३.७७ प्रतिशत, हाइड्रोपावर ४.३३ प्रतिशत, फाइनान्स् ५.६१ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स २.६५ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन २.७८ प्रतिशत, अन्य २.४६ प्रतिशत, माइक्रो फाइनान्स् १.३ प्रतिशत, लाइफ इन्स्योरेन्स ३.३४ प्रतिशत, म्युचल फण्ड १.३५ र इन्भेस्मेन्ट ४.५ प्रतिशतले बढेका छन्।

प्रतिकृया