• ११:३१ २०८० फाल्गुन १३ गते
  • 11:31 am

भित्ताको दाग सफा गर्न केएनपीको ब्यूटी गोल्ड वासेबल

प्रकाशित मिति

२०७८ कार्तिक ९ गते, मंगलवार ०३:१४

Bueaty Gold bucket VWtFnQRUIJ e1635240549411

 कार्तिक, २०७८ काठमाडौँ :  जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा नयाँ उत्पादन केएनपी ब्यूटी गोल्ड वासेबल ल्याएको छ । भित्तामा लागेका दागहरू सजिलैसँग सफा गर्न सकिने यो पेन्ट नेपालका घरलाई लक्षित गरी लन्च गरिएको केएनपीले जानकारी दिएको छ ।


आकर्षक चमक आउने पेन्ट एन्टी ब्याकटेरियल पनि रहेको र ग्राहकहरूले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्ने कम्पनीले दाबी गरेको छ । साथै, पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) र कम गन्ध निकै कम रहेको बताइएको छ ।


सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन थालेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको दाबी गर्ने गरेको छ ।

प्रतिकृया