• 1:03 am

प्रोटोनको ०.९९५ योजना, ४८ घण्टामै ग्राहकको हातमा गाडी

प्रकाशित मिति

२०७८ कार्तिक ९ गते, मंगलवार ०३:०३

 कार्तिक, २०७८ काठमाडौँ :  प्रसिद्ध अटोमोबाइल ब्राण्ड प्रोटोनले पहिलो पटक ग्राहक केन्द्रित आकर्ष ०.९९५ योजना ल्याएको छ । प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सेले किस्ताबन्दीमा ०.९९५ प्रतिशतको फाइनान्सिङ सुविधा योजना ल्याएको हो ।


यो योजना चाडपर्व विशेष दशैं तिहार र छठसम्म नै कायम रहने कम्पनीले जनाएको छ । यसका साथै सरल किस्ताबन्दीमा अन्य थुप्रै ब्याजदरको विकल्प समेत उपभोक्ताले उपभोग गर्न पाउने कम्पनीले जनाएको छ । ०.९९५ योजनाको साथमा २.९९५, ५.९९५, ८.९९५ र ११ प्रतिशत ब्याजदरमा पनि फाइनेन्सिङ्गको योजनाहरु पाउन सक्ने कम्पनीले जनाएको छ । जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । तर यो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछन् ।


किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन हाउस फाइ​नेन्सिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ। नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भैरहेको अवस्थामा पनि कम्पनीको यस खालको योजनाले ग्राहकलाई निकै सहज हुने कम्पनीको भनाई छ ।


यसका साथै कम्पनीले सबै प्रक्रिया पुर्याएर गाडी अडर गर्ने ग्राहकलाई ४८ घण्टाभित्र गाडी उपलब्ध गराइसक्ने जनाएको छ । हाल नेपाली बजारमा उपलब्ध प्रोटोन गाडीको सुरुवाती मूल्य ३७ लाख ९९ हजार देखि उच्च भेरियन्टमा ८६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिकृया