• 8:18 am

एनआईसी एशियाले १५ प्रतिशत बोनस सेयर दिने

प्रकाशित मिति

२०७८ कार्तिक ९ गते, मंगलवार ०२:५७

 कार्तिक, २०७८ काठमाडौँ :  एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७ र ७८ को नाफाबाट १५.७८९ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको ५११औं सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


कम्पनीले सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (१ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (१ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४औं वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि वितरण गरिनेछ ।

प्रतिकृया