• १५:२६ २०८१ बैशाख ७ गते
  • 3:26 pm

चकटीभित्र राखेर चरेस ओसारपसार, ९ जना पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन ५ गते, मंगलवार ०३:०२

aq

५ असोज, २०७८ काठमाडौँ : हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो ।


प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया