• १९:४७ २०८० चैत्र १६ गते
  • 7:47 pm

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति

२०७८ आश्विन ५ गते, मंगलवार १०:५९

makune e1625056378108

५ असोज, २०७८ काठमाडौँ : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न आयोगहरूलाई पूर्णता दिने सो पार्टीको तयारी छ ।

प्रतिकृया