• १४:५३ २०८० चैत्र १६ गते
  • 2:53 pm

धरानमा तिहारपछि मात्रै विद्यालय खुल्ने

प्रकाशित मिति

२०७८ आश्विन ४ गते, सोमबार ०२:२९

school e1618740646180

४ असोज, २०७८ काठमाडौँ : धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको छ ।


स्थानीय तहमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिएका छन् ।


जोखिमका कारण अभिभावकहरु पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउन तयार छैनन् । बीचमा संक्रमण कम भएको अवस्थामा दशैंपछिको बैठकले पुर्नविचार गर्न सक्नेछ ।’


कटुवालका अनुसार उपमहानगरपालिकामा सामुदायीक विद्यालय ४५, विशेष विद्यालय ४, धार्मिक ६ र संस्थागत ९६ वटा विद्यालय सञ्चालित रहेका छन् ।

प्रतिकृया