• १६:१६ २०८० चैत्र १५ गते
  • 4:16 pm

मादक पदार्थ छुँदै नछुने बलिउडका ८ सेलिब्रेटी

प्रकाशित मिति

२०७८ आश्विन २ गते, शनिबार १२:५३

r 1 q5hdKWwyEq e1631948922188

२ असोज, २०७८ काठमाडौँ : आजभोलि सामाजिक सञ्जालका कारण कलाकर्मीहरुको व्यक्तिगत जीवनका बारेमा पनि सजिल्यै जान्न सकिन्छ । त्यसैले गर्दा कलाकारहरु व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । सबैको चासोको विषय रहने बलिउडका स्टारहरुको व्यक्तिगत जीवनका विषयले पनि सामाजिक सञ्जालमा चर्चा पाइरहेका हुन्छन् । यसै विषय अन्तर्गत मादक पदार्थ सेवन नगर्ने केही बलिउड स्टारको बारेमा चर्चा गर्दैछौँ ।


अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनले कहिल्यै मादक पदार्थ र धुम्रपान गरेका छैनन् । उनी शाकाहारी हुन् । उनी शाकाहारी खाना खान मन पराउँछन् ।


अक्षय कुमार
बलिउडका अर्का सुपरस्टार अक्षय कुमार पनि मदिरा सेवन गर्दैनन् । उनी बलिउडका सबैभन्दा फिट, सफल, चर्चित, अनुशासित र महंगा नायक हुन् । उनी ५४ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । उनले मदिरालाई छोएका पनि छैनन् । उनले मादक पदार्थ सेवन त के राति अबेर पार्टीमा समेत जाँदैनन् ।


जोन अब्राहम
शुगठित शरीरका कारण पनि जोन अब्राहम चर्चामा आउँछन् । तर उनले हिट फिल्म पनि दिएका छन् । उनले कहिल्यै मदिरा सेवन गरेका छैनन् । आफ्नो फिटनेसलाई ध्यान दिने उनले कुनै पनि नशालु पदार्थ सेवन गर्दैनन् ।


सोनाक्षी सिन्हा
बलिउडमा ११ वर्षको यात्रा तय गरिसकेकी सोनाक्षी सिन्हाले अहिलेसम्म मदिरा सेवन गरेकी छैनन् ।

परिणीति चोपडा
बलिउडमा मदिरा नपिउने अभिनेत्रीको सूचीमा पर्छिन् परिणीति । उनले पनि सुपरहिट फिल्ममा काम गरेकी छन् । उनले पनि कहिल्यै मदिरा सेवन गरेकी छैनन् ।


शिल्पा शेट्टी
बलिउडमा सबैभन्दा फिट रहने अभिनेत्री हुन् शिल्पा शेट्टी । उनी योग गर्न रुचाउँछिन् भने धेरैलाई योगको बारेमा प्रशिक्षण पनि दिने गर्छिन् । उनी ४५ वर्षकी भइसकिन् तर उनी अझै पनि उत्तिकै फिट छिन् । उनले पनि कहिल्यै मदिरा पिएकी छैनन् ।


दीपिका पादुकोण
दीपिका पादुकोण सुन्दर अभिनेत्रीमध्ये एक हुन् । उनले पनि आफ्नो फिटनेसको बारेमा ध्यान दिने गर्छिन् । उनले पनि कहिल्यै मदिरा सेवन गरेकी छैनन् ।

सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्रा पछिल्लो पुस्ताका चर्चित अभिनेता हुन् । उनले पनि कहिल्यै मदिरा सेवन गरेकी छैनन् । एजेन्सी

प्रतिकृया