नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह (भिडियाेसहित)

प्रकाशित मिति

२०७८ आश्विन १ गते, शुक्रबार ०५:१९

DSC 0929 scaled e1631878438946

१ असोज, २०७८ काठमाडौँ : महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भएकाे छ । कार्यक्रममा नगर प्रहरीहरूबाट कवाज प्रदर्शनीका साथै सुरक्षा र अग्नी नियन्त्रण सम्बन्धी ड्रिल प्रदर्शनी भएकाे थियाे । नगरप्रमुखले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकहरूलाई दर्जानी चिन्ह प्रदान समेत गरेका छन् ।


आजको दीक्षान्त समारोहमा नगरप्रमुखबाट नव नियुक्त नगर प्रहरीहरूलाई प्रमाण पत्र र तालिमका प्रशिक्षक र सहजकर्ताहरूलाई प्रशंसा पत्र वितरण गरेका हुन् । कार्यक्रममा नगरप्रमुखले दीक्षित भएकाे नगरप्रहरीहरूलाई बधाई तथा शुभकामना दिदै यस ३० दिने आधारभूत तालिमबाट नगरप्रहरीहरूमा कर्तब्यनिष्ठ र अनुशासित भई शिष्टाचार सहित सदैव नगरवासीहरूको सेवामा अहोरात्र खट्न सक्ने क्षमताको विकास भएको विश्वास व्यक्त गरेका छन् ।


उनले “स्वच्छ, सफा, समृद्ध, सुन्दर (महालक्ष्मी नगर) भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालिकाको नीतिलाई अक्षरशः कार्यान्वयन गर्न सहयोग गर्नु नगरप्रहरीहरूको मुख्य कार्य रहने बताए । त्यसका साथ साथै उनले यस एक महिने तालिम सञ्चालनमा महत्वपूर्ण योगदान गर्नुहुने प्रशिक्षक, सहजकर्ताका साथै तालिमका लागि भौतिक पूर्वाधार उपलब्ध गराइ सहयोग गर्ने महालक्ष्मी न.पा.९ स्थित शुभतारा स्कुललाई आभार व्यक्त गरेका थिए ।


कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा र वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपानेले दीक्षित हुने नगरप्रहरीहरूलाई बधाई दिदै शुभकामना मनतब्य राखे । नगरपालिकाले हालै १ जना नगरप्रहरी नायव निरीक्षक, २ जना नगरप्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी कूल १४ जना करार सेवामा नियुक्त गरेको थियो ।


उक्त कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १ देखि १० का वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, वडा नं ९ का सदस्यहरू, महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुका प्रभाग प्रमुखहरू , नगरपालिकाका शाखा प्रमुखसहित अन्य कर्मचारीहरू, तालिमका सहजकर्ता, शिक्षक प्रतिनिधि, सहित बुद्धीजिवी र समजसेवीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गरेकाे थियो ।

प्रतिकृया