• १३:३८ २०८० चैत्र १६ गते
  • 1:38 pm

नेपालटारमा ट्राफिक प्रहरीको नयाँ भवन उद्‍घाटन सम्पन्न

प्रकाशित मिति

२०७८ आश्विन १ गते, शुक्रबार ०४:००

3 2 scaled e1631873719841

१ असोज, २०७८ काठमाडौँ : तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटार स्थित महानगरीय ट्राफिक प्रहरी प्रभाग नेपालटारमा नयाँ भवन निर्माण गरिएको छ । नगरपालिकाद्वारा नव-निर्मित तिन कोठे भवनको आज एक समारोह वीच उद्‍घाटन सम्पन्न भएको छ । वडा नं ११ का अध्यक्ष बिन्दा बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालीका प्रमूख रामेश्वर बोहोराको प्रमुख आतिथ्यता तथा बिशेष अतिथि उपमेयर भवानी डोटेल, महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई र महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंह रहेका थिए ।


उद्‍घाटन कार्यक्रममा बोल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप बृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरि आवश्यकता अनुसार ट्राफिक प्रहरी परिचालन गर्दै आएका छौं । पछिल्लो समय तारकेश्वर नगरपालिका क्षेत्र बढि व्यस्त हुदै गएसँगै सवारी चाप व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागी परिचालित ट्राफिक प्रहरीको लागी उपलब्ध भएको नयाँ भवनले थप सहज र प्रभावकारी ट्राफिक व यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।


भट्टराईले उपत्यका भित्र जनघनत्व बढेका स्थानहरुमा स्थानिय निकायसँग समन्वय गरि आवश्यकताको आधारमा ट्राफिक प्रहरी परिचालन गरेका छौ, आगामी दिनहरुमा चक्रपथ बाहिरका केहि स्थानहरुमा अध्ययन गरि नयाँ ट्राफिक प्रहरी प्रभाग समेत स्थापना गर्ने योजना रहेको समेत बताउनुभयो । नगरप्रमुख बोहोराले पछिल्लो समय जनघनत्व बढेसँगै नगर क्षेत्रमा हुने सवारी चाप व्यबस्थापन र सवारी दुर्घटना न्युनिकरणको लागी ट्राफिक प्रहरीको अति आवश्यक देखेसँगै परिचालित ट्राफिक प्रहरीलाई यस नयाँ भवनले दैनिक कार्यमा थप सहजता प्रदान गरि यस क्षेत्र ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार हुने बिश्वास व्यक्त गर्नु भयो ।


उहाँले आगामी दिनमा समेत ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाका लागी आवश्यक पर्ने भौतिक पुर्बाधार, स्रोत साधन तथा अन्य समन्वयात्मक भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुख भवानी डोटेलले स्थानियको माग र आवश्यकतालाई स्वीकार गर्दै ट्राफिक प्रहरी परिचालन गरि यस क्षेत्रको सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न महत्वपुर्ण


सहयोग गरिदिनु भएकोमा एसएसपी जनक भट्टराईज्युलाई बिशेष धन्यबाद्‍ दिदैं सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीको महत्वपुर्ण भुमिका रहने र आगामी दिनहरुमा सडक व्यवस्थापनको लागी हाम्रो सदैव सहयोग रहने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानिय निकाय तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, बिभिन्न सँघसंस्थाका प्रतिनिधीहरु तथा नागरिक समाज र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया