भरुवा बन्दुकसहित मोरङबाट एक जना पक्राउ
प्रकाशित मिति
२०७८ आश्विन १ गते, शुक्रबार ०२:२३

१ असोज, २०७८ काठमाडौँ : मोरङको मिक्लाजुङ गाउँपालिका–५ बाट दुई नाल भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बिहीबार साँझ घरमा लुकाएर राखेको अवस्थामा दुईवटा बन्दुक भेटिएपछि ४३ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उनको घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । पक्राउ परेका लिम्बूमाथि शुक्रबार म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया