‘कविर पथ धर्म’ लाई जनगणनामा समावेश गर्न माग
प्रकाशित मिति
२०७८ भाद्र ३१ गते, बिहीबार ०५:२४

३१ भाद्र, २०७८ काठमाडौँ : कबीर पथ धर्मावलम्बीहरुले कबीर पथधर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मालम्बीहरुले २० लाखको संख्यामा अनुयायी रहेको धर्मलाई जनगणनामा समावेश गराउन सरकार समक्ष माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै कविर पथधर्म सभाका अध्यक्ष सत्य नारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा कवीर पथधर्मको महल स्पष्ट रुपमा समावेश गर्न सरकारसँग माग गरे । उनले भने,‘२० लाखबढी संख्यामा अनुयायी रहेको कविर धर्मलाई जनगणना गर्दा समावेश गराइनुपर्छ ।’ उनले जनगणनामा कविर पथधर्मको महल स्पष्ट रुपमा समावेश हुनु पर्नेमा जोड दिए ।
कवीर प्रकाट्य दिवस जेष्ठ पुर्णिमाको दिन कवीर जयन्ती मनाउन राष्ट्रिय बिदाका यम गर्न समेत उनले माग गरे । कवीर पथधर्म विकासको लागि कवीर पथधर्म कोष स्थापना गर्नु पर्ने उनको माग छ । उनले कवीर पथधर्म विभिन्न जातजाति, धर्म, सस्कृतिहरुलाई संरक्षण, सम्बर्धन विकास गर्न स्थापना भएको बताए ।
उनले भने, ‘सदियौ देखि नेपालको भुमिमा लाखौ लाखको संख्यामा रहि आए पनि कवीर पथधर्म नेपाल सरकारको तथ्यांकमा सत्यतथ्य समाहित नभएको हुँदा हामी कवीर पथधर्मा लम्बीहरु धार्मिक पहिचा नबिहिन भएका छौ ।कार्यक्रममा माता निरादेवी साह, चेतनारायण महतो, विजय महतो (सर्लाही) रामकरण साह (धनुषा) लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
प्रतिकृया