• 4:43 pm

बादलको प्रश्न : मदन–आश्रितको हत्या किन भयो ?

प्रकाशित मिति

२०७८ भाद्र ३१ गते, बिहीबार ०३:२०

Capture 19

३१ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गरेका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको समेत बताए ।


‘मदन–आश्रितको हत्या ५० सालमा किन भयो रु त्यसको पछाडि राजनीतिक कारण छ’, थापाले भने, ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’ उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे । उनले हालै एमालेबाट छुट्टिएको माधव नेपाल पक्षलाई ‘दक्षिणपन्थी समूह’ को संज्ञा दिदै एमालेले समाजवादी धारको नेतृत्व गरिरहेकाले आफुहरुको विजय निश्चित भएको बताए ।


उनले समाजवादी र क्रान्तिकारी धारको एमालेले नेतृत्व गरिरहेकाले सबै नेता कार्यकर्ताले आत्मसात गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै आगामी दिनमा राज्यका सवै सत्तामा एमालेले कब्जा जमाउने दावी गरे ।

प्रतिकृया