• 5:50 pm

भक्तपुरमा सिडियो शर्माको सरुवा

प्रकाशित मिति

२०७८ भाद्र ३१ गते, बिहीबार ०८:०८

bkt new cdo 696x483 1

३१ भाद्र, २०७८ काठमाडौँ : भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट उनलाई भक्तपुर सिडियोमा सरुवा गरेको हो । बागलुङकी शर्मा गृह प्रशासनमा अनुभवी सिडियो हुन् । गुल्मीको सिडियो हुनु अघि रामेछापमा समेत उनले सिडियोको जिम्मेवारी सम्हालिसकेकी छन् ।


भक्तपुरको सफल नेतृत्व गरेकी सिडियो हुमकला पाण्डे भक्तपुर हुँदा शर्मा रामेछाप सिडियो रहेकी थिइन् । भक्तपुरका सिडियो प्रेमप्रसाद भट्टराई लाई भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरिएको गृह श्रोतले जनाएको छ । यस अघि भक्तपुर आउने सम्भावना भएका घनश्याम उपाध्याय लाई भने ललितपुर सिडियोको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया