बिकनीमा हट अदिती, बिदा मनाउन साथीहरुसँग माल्दिभ्स

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०६:५९

adit

३० भाद्र, २०७८ काठमाडौँ :  होमप्रोडक्सन फिल्मको सुटिङ सुरु नहुँदा नायिका अदिती बुढाथोकी अहिले फुर्सदमा छिन् । अहिले उनी माल्दिभ्स होलिडे सेलिव्रेट गरिरहेकी छिन् । बिदासँगै उनको पछिल्लो दैनिकी भने अहिले केही विज्ञापन र म्युजिक भिडिओमा बितिरहेको छ ।


फिल्म तत्काल फ्लोरमा जाने निश्चित नभएकाले पनि उनले अहिले सामाजिक संजालमार्फत दर्शक र फ्यानको अन्तक्रियालाई भने कम हुन दिएकी छैनन् । इन्स्टाग्राममा प्रत्येक दिन उनी हट तस्विर सेयर गर्छिन् र दर्शकको प्रतिक्रिया बुझ्ने काम गर्छिन् ।


aditi

आमा पुष्पा बुढाथोकीले निर्माण रहेको फिल्म ‘बाबरी’ मा अदितीको मुख्य भूमिका हुनेछ । अघिल्लो साल सुरु भएको फिल्मको छायांकन अझै पूरा भएको छैन । महामारीले रोकिएको फिल्मको छायांकन सिक्किममा गर्ने तयारी छ ।


अहिले अदिती छुट्टी मनाउन साथीहरुसँग माल्दिभ्समा छन् । उनले माल्दिभ्सको समुन्द्री किनारमा विकिनी अवतारमा खिचेका तस्बिरहरु इन्स्टाग्राममा शेयर गरेकी छन् । दशैंपछि छायांकन हुने ‘बाबरी’ को लागि उनी मुम्बईबाट सिक्किम जानेछिन् । फिल्ममा उनको जोडी धिरज मगरसँँग गाँसिएको छ ।

प्रतिकृया