धादिङमा ५ किलो अवैध लागूऔषध चरेश सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०५:१७

pakrau hatkadi

३० भाद्र, २०७८ धादिङ : धुनिवेशी नगरपालिका-६ नौविसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध चरेश सहित सिरहा सुखिपुर नगरपालिका-२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


शंकास्पद रुपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया