• २१:१० २०८० चैत्र १६ गते
  • 9:10 pm

बत्तीसपुतलीदेखि संसद् भवनसम्म फोहोरको थुप्रो !

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०२:००

qwer

३० भाद्र, २०७८ काठमाडौँ : महानगरपालिकाको कमजोर व्यवस्थापनका कारण काठमाडौँ उपत्यकामा फेरि फोहोरको डङ्गुर थुप्रिएको छ । गत साउनमा डम्पिङ साइटसम्म जाने बाटो खराब भएका कारण केही सातासम्म फोहोर उठ्न सकेको थिएन । भदौमा केही दिन फोहोर उठाइए पनि पुनः अवरुद्ध भएको छ । सडकमा जथाभावी थुपारिएको फोहोर नउठेका कारण सहरमा दुर्गन्ध फैलिएको छ ।


अहिले फेरि वर्षाका कारण बाटोको अवरोधले गर्दा काठमाडौँको फोहोर पूर्णरुपमा उठाउन नसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । राजधानीको फोहोर डम्पिङ गर्दै आएको नुवाकोटको ओखरपौवा सिसडोल ल्याण्डफिल्ड साइट फोहोरले भरिएको र पानीका कारण बाटो भासिएकाले ढुवानीमा अवरोध आएको उपमेयर हरिप्रभा खड्गीले बताइन् ।


दैनिक १५० वटा महानगरको आफ्नै कन्टेनरका साथै निजी क्षेत्रको ढुवानीबाट समेत फोहोर व्यवस्थापन हुँदै आएकोमा बाटो तथा ल्याण्ड फिल्डकै कारण बारम्बार अवरोध आइरहेको खड्गीको भनाइ छ । उपमेयर खड्गीका अनुसार २ वर्षका लागि भनेर लिइएको ल्याण्ड फिल्ड साइड १५ वर्ष पुरा भइसक्दा समेत विकल्प नखोजिनुको परिणाम अहिले महानगरले भोगिरहेको छ ।


यद्यपि, बाटोको अवरोधका कारण फोहोर ढुवानीमा केही समस्या आए पनि निरन्तर राजधानीको फोहोर उठिरहेको र घाम लागेपछि सबै फोहोर उठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

प्रतिकृया