पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध
प्रकाशित मिति
२०७८ भाद्र ३० गते, बुधबार ०८:५५

३० भाद्र, २०७८ काठमाडौँ : रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
लगाातरको बर्षाकै कारण पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ । एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया