• ०९:२७ २०८१ बैशाख ७ गते
  • 9:27 am

ह्यारिस फर्किएलगत्तै पूर्वी एसियाको भ्रमणमा निस्किए चिनियाँ विदेशमन्त्री

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०५:४५

singapore wang yi china

२९ भाद्र, २०७८ काठमाडौँ : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पूर्वी एसियाली मुलुकको भ्रमणबाट फर्किएको एक महीना नबित्दै चिनियाँ विदेशमन्त्री वाङ यी ती मुलुकको भ्रमणमा निस्किएका छन् । कम्बोडिया र भियतनामपछि उनी सिंगापुर प्रस्थान गरेका छन् जहाँ उनले दुई दिन बिताउनेछन् । उक्त पूर्वी एसियाली भ्रमण दक्षिण कोरिया पुगेर टुंगिनेछ ।


गत अगस्टमा ह्यारिसले भियतनाम र सिंगापुर भ्रमण गरेकी थिइन् । सो भ्रमणपछि बेइजिङले अमेरिकी प्रयत्नलाई चुनौति दिन आफ्ना प्रमुख कूटनीतिज्ञलाई ती मुलुकहरुको भ्रमणमा पठाएको हो । चिनियाँ विश्लेषकहरुले पछिल्लो समय अमेरिकाले चीनलाई घेर्न उसका छिमेकी मुलुकहरुसँग हिन्द प्रशान्त रणनीतिमा आउन सहायता खोजिरहेको रुपमा विश्लेषण गरेका छन् ।


विदेशमन्त्री यीसँगको भेटमा कम्बोडियाका प्रधानमन्त्री सामडेच टेको हुन सेनले चीनसँगको मित्रतापूर्ण सम्बन्ध निरन्तर हुने बताएको ग्लोबल टाइम्सले जनाएको छ । कम्बोडियाले हङकङ, सिन्जियाङ र ताइवानप्रति समर्थन जनाएको पनि जनाइएको छ । साथै, कोरोना महामारीविरुद्ध लड्नेबारे चीनबाट स्वास्थ्य सहायता लिने जनाएको पनि उल्लेख छ ।


कम्बोडियाको राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको संरक्षण तथा अन्तर्राष्ट्रिय बुलिङविरुद्ध चीनले सघाउने वचन दिएको पनि जनाइएको छ । साथै, विदेशमन्त्री यीले कोभिड–१९ विरुद्ध खोप लगायतका स्वास्थ्य सहायता प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

प्रतिकृया