• 8:05 pm

‘एमसिसी खारेज गर !, गाँजा खेती गर’

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०३:१६

Capture 15

२९ भाद्र, २०७८ काठमाडौँ : गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न माग गर्दै नेपाल गाँजा वैधानिक महाअभियानले प्रदर्शन गरेको छ । अभियानको आयोजनामा मंगलबार माइतीघर मण्डलामा युवाहरुले गाँजा खेती र औषधिजन्य प्रयोजनका लागि गाँजाको प्रयोगलाई वैधता प्रदान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।


पक्राउ परेका गाँजा वैधता अभियन्ता राजीव काफ्लेलाई तत्काल रिहा गर्न उनीहरुको माग छ । प्रदर्शनकारीहरुले ‘एमसिसी खारेज गर, गाँजा खेती गर’ सहितका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ तत्काल संघीय संसदमा पेश गर्न माग गरेका छन् ।

प्रतिकृया