• १३:४४ २०८० चैत्र १६ गते
  • 1:44 pm

दैलेखमा एक शिक्षकको विभत्स हत्या

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०३:०२

dailekh teacher e1631611040877

२९ भाद्र, २०७८ काठमाडौँ : दैलेखको गुराँस गाउँपालिका वडा– ८ मा एक शिक्षकको विभत्स हत्या भएको छ । मंगलबार रक्ताम्य अवस्थामा शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।


उनले शिक्षकको हत्या भएको हुनसक्ने बताए । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेको उनको भनाइ छ । ‘घटनाबारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ’, डिएसपी श्रेष्ठले भने, ‘केही समयपछि घटनाबारे थप जानकारी हुनेछ ।

प्रतिकृया