• १२:०३ २०८० चैत्र १६ गते
  • 12:03 pm

अर्थमन्त्रीले भने : केही दिन सरकारको खर्च रोकिन पनि सक्छ

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०१:५४

janardan in sahakari e1630477385762

२९ भाद्र, २०७८ काठमाडौँ : सरकारले नियमित प्रक्रियाबाट बजेट पारित गर्ने नीति लिएको छ । जेठ १५ गते अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ ।


मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए । ‘कर उठाउने विशेष व्यवस्था छ । त्यस अनुसार कर उठाउन सकिन्छ, ५/७ दिन खर्च नहुन पनि सक्छ, रोक्नुपर्ने अवस्था आयो भने रोकिन पनि सक्छ’ उनले भने ।


तर पेश्की खर्च नगर्ने मन्त्री शर्माले बताए । ‘पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ’ उनले भने ।

प्रतिकृया