• 12:02 am

देशभरको मौसममा बदली,धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०८:३४

mausam news 3 e1658638819675

२९ भाद्र, २०७८ काठमाडौँ : आज देशभरको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण मौसममा बदली आएको छ । यसैको प्रभावले आज हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको हो ।


आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति वाग्मती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । बुधबार प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया