• 9:13 pm

नरगिसले लुकाएकी थिइन् उदय चोपडासँगको प्रेम, ब्रेकअपपछि गरिन् खुलासा

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार ०५:१७

nargais W3s2fzBMKa

२८ भाद्र, २०७८ एजेन्सी : वर्ष २०११ मा रकस्टार फिल्ममार्फत अभिनेत्री नरगिस फाखरीले बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्ममा उनी रणबीर कपूरको अपोजिटमा थिइन् । यसपछि उनले वरुण धवनसँग ‘मे तेरा हिरो’, इमरान हाशमीसँग ‘अजहर’लगायत फिल्महरुमा महत्वपूर्ण भूमिका निभाइन् । २०१४ ताका अभिनेता उदय चोपडासँग उनको नाम जोडिएको थियो, तर दुबैले यस विषयलाई अस्वीकार गरे ।


ब्रेकअपपछि खुलासा
तर, अहिले नरगिस फाखरीले उदय चोपडासँगको सम्बन्धबारे बोलेकी छिन् । नरगिसका अनुसार उदय चोपडासँग उनी पाँच वर्षसम्म डेटमा थिइन् र दुबैको सम्बन्ध निकै राम्रो थियो । तर, दुनियाँसामु सम्बन्धलाई लुकाएकोमा आफुलाई अहिले पछुतो लागेको नरगिसले बताएकी छिन् । नरगिसका अनुसार उनीहरुको ब्रेकअप भएको एक वर्ष बितिसकेको छ ।


उनले उदय निकै राम्रो व्यक्ति रहेको बताइन् । उनले आफुलाई उदयसँगको सम्बन्धबारे नबोल्नु भनिएकाले आफुले यसअघि केही नबोलेको बताएकी छिन् । नरगिसले मद्रास क्याफे, मै तेरा हिरो, अजहर, हाउसफुल ३ र अमावसजस्ता फिल्ममा अभियन गरेकी छिन् । पछिल्लोपटक उनी सञ्जय दत्तको फिल्म टोरबाजमा देखिएकी थिइन् ।

प्रतिकृया